सन्ध्या जोशीको नयाँ गीत मिर्मिरे सार्वजनिक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सन्ध्या जोशीको नयाँ गीत मिर्मिरे सार्वजनिक



नेपाल आइडल सिजनबाट चर्चामा आएकी गायिका सन्ध्या जोशीले नयाँ गीत मिर्मिरे सार्वजनिक गरेकी छन् । शुक्रबार आफ्नै युट्युब च्यानल मार्फत तेस्रो सार्वजनिक गरेकी हुन ।

नेपाल आइडलमा उत्कृष्ट नौ मा पुग्न सफल भएकी गायिका जोशीले यसअघि २ गीत सार्वजनिक गरेकी छन् ।

आफ्ना गीतमा प्राय आफै देखिने सन्ध्या आफूलाई खासमा अभिनय गर्न भन्दा गाउन बढी सजिलो लाग्ने बताउछिन् । धेरै शुभचिन्तक र आफन्तहरुको अनुरोधले गर्दा अलि अलि रहर जागेर गीतमा अभिनय गर्ने गरेको उनी बताउछिन् ।

प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगितमा रहेको गीतमा सन्ध्या स्वयम्को आवाज रहेको छ । गीतको भिडियोमा सन्ध्यासंगै भिजे तथा मोडल सुदित श्रेष्ठको अनस्क्रिन रोमान्स हेर्न सकिन्छ । पोखराका रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको भिडियो निर्देशन मोडल सुदित श्रेष्ठ स्वयंको रहेको छ ।

हेर्नुहोस भिडियो: