आइपिएलमा सन्दीपको मूल्य ६४ लाख - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

आइपिएलमा सन्दीपको मूल्य ६४ लाख



काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्सनमा राष्टिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) तोकेका छन्।

सन्दीपलाई कुनै टोलीले मूल्य लगाएको खण्डमा कम्तीमा ४० लाख भारु पाउने छन्।

नेपालबाट १५ खेलाडीले अक्सनमा नाम दर्ता गराए पनि सन्दीप मात्र मेगा अक्सनमा परेका छन्। आईपीएलले खेलाडीको नाम सर्ट लिष्ट गर्दा नेपालबाट सन्दीप मात्र परेका हुन्।

नेपालबाट सन्दीपसहित आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए।

मेगा अक्सनमा कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराए पनि सर्ट लिष्टमा ५ सय ९० खेलाडी मात्र छन्। जसमा ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडी छन्।

१० टोलीले रिटेन मार्फत ३३ खेलाडी टोलीमा अनुबन्ध गरिसकेका छन्। आईपीएल अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुनेछ।