सन्दीप लामिछानेले लिए पहिलो खेलमै विकेट - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

सन्दीप लामिछानेले लिए पहिलो खेलमै विकेट



एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा आफ्नो पहिलो खेलमा सेन्ट लुसिया जुक्सविरुद्ध मध्यम प्रर्दशन गरेका छन् ।

ब्रायन लारा स्टेडियममा सन्दीप सम्मिलित जमैका तलावाजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । जुक्सले १५ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १ सय १९ रन बनाएको छ । रोस्टन चेश ३६ र मोहम्मद नाबी १ रनमा अविजित छन् ।

दोस्रो ओभरको अन्तिम बलमा विरसामी पेरुमलले ओपनर रेहकिम कर्नवाललाई कप्तान रोभमान पोवेलबाट ९ रनमा क्याच आउट गराए । उनले ९ बलमा २ चौका प्रहार गरे । पेरुमललेनै चौथो ओभरको अन्तिम बलमा मार्क डियाललाई चाडविक वाल्टनबाट ६ बलमा १ चौका र २ छक्का सहित १७ रनमा पेभिलिएन फर्काए ।

आठौं ओभरको दोस्रो बलमा आन्द्रे रसेललाई ठूलो सट खेल्ने क्रममा आन्द्रे फ्लेक्चर २२ रनमा कार्लोस ब्रेथवेटबाट क्याच आउट भए । सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । सन्दीपले सम्रगमा १२ बल डट राखे ।

यस्तो रह्यो सन्दीपको चार ओभर

सन्दीपलाई जमैकाले नवौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले नवौं ओभरको पहिलो बलमा नाजिबउल्लाह जद्रानलाई एक रन दिए । सन्दीपले दोस्रो र तेस्रो बल लगातार रोस्टन चेशलाई डट राखेका थिए । चौथो बलमा एक रन खर्चिए । पाँचौ बलमा भने सन्दीपलाई जद्रानले छक्का प्रहार गरेका थिए ।

११ औं ओभरको पहिलो बलमा सन्दीपले जद्रानलाई २ रन दिएका थिए । फिल्डिङमा तालमेल नमिल्दा दुइ रन जोडेको थियो । दोस्रो, तेस्रो र चौथो बल सन्दीपले लगातार डट राख्दै जद्रानमाथि दबाब बढाए । पाँचौ बलमा एक रन दिए । अन्तिम बलमा चेश ठूलो सट खेल्न प्रयास गरेपनि असफल हुँदै डट खाएका थिए ।

१३ औं ओभरको पहिलो बलमा जद्रानलाई एक रन दिए । दोस्रो बलमा भने सन्दीपलाई चेशले चौका प्रहार गरे । तेस्रो बलमा ठूलो सट खेलेका चेश रन जोड्न असफल भएका थिए । स्टम्पिङको अपिल गरेपनि असफल भएका थिए । चौथो बलमा सन्दीपले एलबिडब्लू आउटको अपिल गरेपनि एम्पायरले कुनै प्रतिक्रिया दिएनन् । पाँचौ बलमा दुई र अन्तिम बलमा एक रन खर्चिए ।

१५ औं ओभरको पहिलो बलमा चेशलाई एक रन दिए । दोस्रो बलमा ठूलो सट खेलेका जद्रान रोभमान पोवेलबाट २५ रनमा क्याच आउट गराए । उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । तेस्रो बलमा चेशलाई एकर चौथो बल डट राखे । पाँचौ बल डट राखेका सन्दीपले छैटौं बल एक वाईड र एक रन खर्चे ।