सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ठूलो धक्का ! - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ठूलो धक्का !



एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो पटक उपाधि जित्ने दाउमा रहेको नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ठूलो धक्का लागेको छ ।

दिल्लीका तीब्र गतिका बलर कागीसो रबाडाले आईपीएलको बाँकी खेल नखेल्ने भएका छन् । घाईते रबाडालाई क्रिकेट साउथ अफ्रिकाले स्वदेश फर्किन आदेश दिएको छ ।

रबाडा अव विश्कपका लागि साउथ अफ्रिका फक्रिने छन् । दिल्लीलाई ७ वर्षपछि प्ले मा पुर्याउन कागीसो रबाडाको प्रर्दशन सबैभन्दा महत्वपूर्ण रहेको छ ।

रबाडाले जारी आईपीएलमा १२ खेलमा २५ विकेट लिई सकेका छन् । प्ले अफमा पुगि सकेको दिल्लीले जारी आईपीएलमा १३ खेलमा ८ मा जित र ५ मा हारका साथ तेस्रो स्थानमा छ ।

दिल्लीले लिगको अन्तिम खेल शनिवार राजस्थान रोयल्ससँग घरेलु मैदान फिरोज शाह कोटलामा खेल्ने छ ।