सन्दीपको टिम दिल्लीलाई १८६ रनको लक्ष्य - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सन्दीपको टिम दिल्लीलाई १८६ रनको लक्ष्य



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १८६ रनको लक्ष्य दिएको छ ।

दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा कोलकत्ताले पुरै २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनायो ।

कोलकत्ताका लागि आन्द्रे रसेल र दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेले ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए ।