सन्दीपको टोली पराजित: आजपनि सन्दीपले विकेट लिए
एजेन्सी- क्याराबियन प्रिमियर लिग(सीपीएल)को यस सिजनको आफ्नो दोस्रो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले औसत प्रदर्शन गरेका छन् । शुक्रबार बिहान भएको खेलमा सन्दीप आवद्ध द्धोली जमैका तल्लवाशले ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गरेको थियो।
सन्दीपले ४ ओभर बलिङ गर्दै ३० रन दिएर १ विकेट लिए । ब्रायन लारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेका सन्दीपको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्यो । १३६ रनको सामानय लक्ष्य पछ्याएको ट्रनबागोले बिना दवाद खेलको थियो ।
९औं ओभरमा बलिङमा आएका सन्दीपले ४ रन मात्रै दिएका थिए । त्यसपछि ११औं ओभरमा ११ रन दिएपनि ३८ बलमा ५३ रन बनाएर आक्रामक रुपमा खेलिरहेका सुनिल नारीनलाई आउट गराउन सफल भए । त्यसपछि सन्दीपले १३औं ओभरमा ७ र १५ ओभरमा १० रन दिए भने थप विकेट लिन सकेनन् ।
स्कोर थोरै भएपछि जमैकामाथि ट्रिनबागो एक पक्षीय दवाव बनाएको थियो । १८.१ ओभरमा ३ विकेट गुमाउँदै ट्रिनबागोले सहज जित हात पर्यो ।
यस खेलमा सन्दीप ब्याटिङका लागि क्रिजमा उत्रिए तर एक बलको पनि सामना गर्न पाएनन् । अन्तिम ४ बल बाँकी छँदा मैदान छिरेका सन्दीप ननस्ट्राइकमै रहँदै अनआउट भए । यसअघि बुधबार राति भएको खेलमा पनि सन्दीपले एक विकेट लिएका थिए । जमैकाले पहिलो खेलमा जित हात पारेको थियो ।