सन्दीपको टिमको खल्लो खेल : १ सय ३० रनको लक्ष्य - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सन्दीपको टिमको खल्लो खेल : १ सय ३० रनको लक्ष्य



एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई १ सय ३० रनको समान्य लक्ष्य दिएको छ ।

घरेलु मैदान फिरोज शाह कोटलामा टस हारेर ब्याटिङ थालेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन बनाउन सक्यो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

ओपनर पृथ्वी शालाई तेस्रो ओभरको दोस्रो बलमा भुवनेश्वर कुमारले ११ रनमा बोल्ड आउट गरे । अर्का ओपनर शिखर धवनलाई छैटौं ओभरको अन्तिम बलमा मोहम्मोद नाबीले १२ रनमा सन्दीप शर्माबाट क्याच आउट गराउदै पेभिलिएन फर्काए । १० औं ओभरको पहिलो बलमा नाबीले ऋषभ पन्तलाई ५ रनमा क्याच आउट गराएपछि दिल्ली दवावमा परेको थियो ।

दिल्लीको एकतर्फबाट निरन्तर विकेट गुम्दा अर्को तफबाट रन जोड्न खोजि रहेका कप्तान ऐरलाई १७ ओभरको पहिलो बलमा राशिद खानले बोल्ड आउट गरेपछि दिल्ली सस्तैमा समेटिएको हो । दिल्लीका अन्य क्रिस मोरिस १७, कोलिन इनग्राम र राहुल तेवतिया समान ५,कागीसो रबाडा ३ रनमा आउट हुँदा अक्षर पेटल २३ रनमा अविजित रहे ।

हैदरावादका मोहम्मद नाबीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार र सिद्धार्थ कौलले २ तथा राशिद खान र सन्दीप शर्माको नाममा एक विकेट रह्यो ।