सन्दीपको दिल्लीलाई १६७ रनको लक्ष्य : यस्तो रह्यो खेल - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सन्दीपको दिल्लीलाई १६७ रनको लक्ष्य : यस्तो रह्यो खेल



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्गस इलाभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई १६७ रनको लक्ष्य दिएको छ  ।

बिन्द्रा स्टेडियममा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनायो  ।

पन्जाबविरुद्ध सन्दीपले किफायती बलिङ गरे । पन्जाबविरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै उनले २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर २ विकेट लिए  ।

पन्जाबविरुद्ध सन्दीपले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिन सफल भए  । सन्दीपले पहिलो ओभरमा साम करणलाई २० रनमा एल्बिडब्ल्यु आउट गरे । सन्दीपले आफ्नो पहिलो ओभरमा १० रन खर्चिएर १ विकेट लिए ।

यस्तै सन्दीपले चौथो ओभरमा सर्फराज खानलाई ३९ रनमा आउट गरे । सन्दीपले चौथो ओभरमा ४ रन खर्चिएर १ विकेट लिन सफल भए  ।

सन्दीपले दोस्रो ओभरमा पनि उनले उत्कृष्ट बलिङ गरे । दोस्रो ओभरमा सन्दीपले मात्र ४ रन खर्चिए । तर, विकेट लिन भने सकेनन् ।

सन्दीप तेस्रो ओभरमा महंगा भए । उनले आफ्नो तेस्रो ओभरमा १० रन खर्चिए। सन्दीपको तेस्रो ओभरको अन्तिम बलमा डेभिड मिल्लरले छक्का प्रहार गरे ।

आज दुवै टोली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टोलीले अघिल्ला ३ खेलमा एक हार र २ जित निकालेका थिए ।

पाँचौ स्थानको पन्जाबको ४ अंक छ । यस्तै चौथो स्थानको दिल्लीको पनि ४ अंक रहेको छ ।

दुई टोलीबीचको पछिल्ला पाँच भेटमा पन्जाब बलियो देखिएको छ । पन्जाबले ४ खेल जित्दा दिल्लीले एक मात्र खेल जितेको छ ।