सन्दीप लामिछानेको नयाँ गीत (भिडियो समेत) - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सन्दीप लामिछानेको नयाँ गीत (भिडियो समेत)



काठमाडौं – नेपालका चर्चित क्रिकेटर स्पिनर सन्दीप लामिछानेको नयाँ गीत बजारमा आएको छ । सोमबार उनले ‘मेमोरी’ बोलको गीत रिलिज गरेका छन्।

भिडियोमा सन्दीप आफ्ना राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी आदिसँग फिचर्ड भएका छन् भने भिडिओलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले निर्देशन गरेका छन् ।

गीतलाई उल्लास मक्रातीले लेखेका हुन भने संगीतमा लामिछानेले राजन मगरसँग सहकार्य गरेका छन् ।सन्दीपले यसअघि पनि केहि गीत सार्वजनिक गरिसकेका छन्।

भिडियो :