कफ्तान सन्दीप लामिछानेले लेखे भावुक संदेश - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

कफ्तान सन्दीप लामिछानेले लेखे भावुक संदेश



काठमाडौं । नेपाली क्रिकेट टोलीको नेतृत्व गर्न पाएकोमा क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट एशोसिएशनप्रति सम्मान व्यक्त गरेका छन्। नेपाली टिमको क्याप्टेन बनेपछि उनले भावुक स्टाटस लेखेका छन् ।

उनले फेसबुकमा उनले लेखेका छन् – छातीमा सधैं नेपालको झण्डा बोक्ने मेरो सपना थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा म गहिरो नम्र र सम्मानित छु।’

नेपाली र विश्वभरिका सबै फ्यानहरूको समर्थन र प्रार्थनाका लागि कृतज्ञ रहेको लेखेका छन्। टोलीका रूपमा आफूहरूको योजना सफल रहने पनि उनले विश्वास दिलाएका छन्।

आफूहरू सबै एक परिवार, एक टोली भएकाले नेपाली क्रिकेट टिमको कप्तान बन्न जोकोही पनि सक्नेतर्फ लक्षित गर्दै यसको ढोका सबैका लागि खुला रहने पनि उनले लखेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई यही २९ मंसीरमा पदमुक्त गरेको थियो। मल्ललाई कारबाही गरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई चयन गरिएको थियो।