यसरी जित्यो सन्दीपको समुहले : बैंग्लोरको अर्को हार - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

यसरी जित्यो सन्दीपको समुहले : बैंग्लोरको अर्को हार



काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरमाथि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । बैंग्लोरको घरेलु मैदानमा ४ विकेटको नतिजा निकाल्दै दिल्लीले तेस्रो जित दर्ता गरेको हो ।

१ सय ५० रनको लक्ष्य दिल्लीले १ ओभर र १ बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो । दिल्लीको जितमा कप्तान श्रेयस ऐयरले अर्धशतकीय पारी खेले । ५० बल सामना गरेका कप्तान ऐयरले ८ चौका र २ छक्काको मदतमा ६७ रन बनाए ।पृथ्वी शाले २८ रन बनाउँदा कोलिन इन्ग्रामले २२ तथा रिसब पन्तले १८ रन बनाए । बैंग्लोरका नभदिप सैनीले २, टिम साउथी, नेगी मोहमद, सिरज र मोईन अलीले समान १-१ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । दिल्लीका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ रन जोडे । ३३ बल खेलेका कोहलीले १ चौका र २ छक्का प्रहार गरेका थिए ।

मोईन अलीले ३२ रनको योगदान दिएकाथिए । अलीलाई नेपाली युवास्टार सन्दीप लामिछानेले आउट गरेका थिए ।

बलिङतर्फ कगिसो रबडाले सर्वाधिक चार विकेट लिँदा क्रिस मोरिसले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र अक्षर पटेलले समान एक-एक विकेट लिए ।

जितसँगै दिल्ली क्यापिटल्स ६ अंक जोड्दै लिग तालिकाको पाँचौं स्थानमा छ । लगातार हार ब्यहोरेको बेङलोर पुछारमा छ । आजको हारसँगै बैंग्लोरको शिर्ष चारमा पर्ने सम्भावना सकिएको छ ।