सन्दीपको समुहको यस्तो छ खेलको सेड्युल - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सन्दीपको समुहको यस्तो छ खेलको सेड्युल



एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सहभागिता जनाउने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

सीपीएल आगमी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा चल्नेछ । सन्दीप सम्मिलित बार्बाडस ट्राइडेन्टसले पहिलो खेल सेप्टेम्बर ८ मा गुयाना अमाजन वारियर्ससँग खेल्ने छ । लिग चरणपछि शीर्ष चार टोली प्ले अफ पुग्ने छन् । अक्टोबर ६ मा पहिलो क्वालिफायर तथा एलिमिनेटर खेल हुने छ । अक्टोबर ८ मा दोस्रो क्वालिफायर हुने छ । फाईनल अक्टोबर १२ मा हुने छ । सीपीएलमा ६ फ्रेन्चाइज टोली रहेका छन् ।

एक साता अघि सन्दीपलाई बार्बाडसले पाँचौ राउण्डमा अनुबन्ध गरेको थियो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान प्रतिभा समेत घोषित सन्दीप भएका थिए । गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए । जसमा पारिश्रमीक ५ हजार अमेरिकी डलर थियो ।

एकै वर्षमा सन्दीपको पारिश्रमीकमा १४ गुणा बढेको हो । ७० हजार अमेरिकी डलर सन्दीपले अन्तर्राष्टिय फ्रेन्चाइज लिगमा प्राप्त गरेको हालसम्मकै उच्च पारिश्रमीक हो । सन्दीपको टोली बार्बाडसमा एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली, इमाद वासिम, वाहब रियाज, एलशे नर्श, शाई होप लगायतका स्टार खेलाडी रहेका छन् ।