दिल्लीको खेल आज, यस्तो छ सन्दीपको सम्भावना - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

दिल्लीको खेल आज, यस्तो छ सन्दीपको सम्भावना



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछ ।

आईपीएल अन्तर्गत आइतबार पहिलो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोस्रो खेलमा कोलकत्ता नाइट राईडर्स र मुम्बई इण्डियन्सबीच खेल हुनेछ ।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले घरेलु मैदानमा बैंगलोरसंग खेल्नेछ । दुई टोलीबीचको खेल  अपरान्ह ४:०० बजे सुरु हुनेछ ।

फिरोज शाह कोट्ला मैदानमा दिल्ली बैंगलोरलाई पराजित गर्दै प्ले अफ नजिक पुग्न चाहन्छ । दिल्ली आठौं जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

तेस्रो स्थानको दिल्लीको ११ खेलबाट १४ अंक रहेको छ । दिल्ली घरेलु टोलीलाई हराएर शीर्ष स्थानको चेन्नई सुपर किङ्ससंगको अंक बराबरी गर्न चाहन्छ । चेन्नईको १६ अंक रहेको छ ।

यता बैंगलोर घरेलु टोलीलाई पराजित गर्दै अंक तालिका सुधार गर्न चाहन्छ  । ११ खेलबाट ८ अंक जोडेको बैंगलोर पुछारमा छ ।

बैंगलोरविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना रहेको छ । सन्दीप घरेलु मैदानमा प्राय उत्रदै आएका छन् । सन्दीपले यस सिजन ५ खेलमा ८ विकेट हात पारिसकेका छन् ।

यस्तै कोलकत्ता नाइट राईडर्स र मुम्बई इण्डियन्सबीचको खेल राति ८ बजे सुरु हुनेछ ।

कोलकत्ताको मैदानमा हुने खेलमा मुम्बई जित निकाल्दै प्ले अफ नजिक पुग्न चाहन्छ । दोस्रो स्थानको मुम्बईको ११ खेलबाट १४ अंक छ ।

कोलकत्ता ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।