सन्दीप खेलको बिचमै कोलकत्ता नाइट राइडर्समा जाने सम्भावना - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सन्दीप खेलको बिचमै कोलकत्ता नाइट राइडर्समा जाने सम्भावना



एजेन्सी- आईपीएल २०२० को मिड सिजन लगभग समाप्त हुँदै छ । सबै सहभागी टोलीले समान ७-७ खेल खेलेपछि आईपीएलको मिड सिजन ट्रान्सफर विन्डोज खुला हुनेछ ।

मिड सिजन ट्रान्सफर विन्डोजका दौरान खेलाडी एक टोलीबाट अर्को जान सक्नेछन् । जुन खेलाडीले अहिलेसम्म आफ्नो टिमको प्लेइङ एघारमा स्थान बनाउन सकेका छैनन् र पछिल्लो बाँकी आठ खेलमा पनि स्थान बनाउने सम्भावना कम भएका खेलाडी यस मिड सिजन ट्रान्सफर विन्डोजमा अर्को टिममा जान सक्नेछन् ।

त्यस्तै अहिलेसम्मको खेलमा आफ्नो टोलीको कम्बिनेसन बनाउन नसकेको टिमले पनि मिड सिजन ट्रान्सफर विन्डोजको माध्यमबाट खेलाडी अनुबन्ध गर्न सक्नेछन् । यस सिजन केही टिमको कम्बिनेसन राम्रो छ । तर, केही टिम यस्ता छन् कि यस सिजनको मिड सिजन ट्रान्सफर विन्डोज खेलाडी अनुबन्ध गर्न निकै आवश्‍यक छ ।

मिड सिजन ट्रान्सफर विन्डोजमा आफ्नो टोलीका लागि दुईभन्दा कम खेल खेलेका खेलाडीले सहभागिता जनाउन सक्नेछन् । चार खेलाडी जो यस मिड सिजन ट्रान्सफर विन्डोजमा नयाँ टोलीमा सहभागिता हुन सक्नेछन् ।

डेबिड मिलर
डेबिड मिलर आईपीएल २०२० मा राजस्थान रोयल्सको टोलीमा छन् । तर, यस सिजन उनले अहिलेसम्म एक खेल पनि खेल्न पाएका छैनन् । राजस्थान रोयल्समा पहिले नै धेरै दिग्गज खेलाडी छन् ।

कप्तान स्टिभ स्मिथ, जोस बटलर र जोफ्रा आर्चर गरी तीन विदेशी खेलाडी नियमित राजस्थानको टोलीमा खेल्दै आएका छन् । अब बेन स्टोक्स पनि टोलीमा सहभागी हुनेछन् । त्यसैले राजस्थानमा विदेशी खेलाडीका लागि स्थान छैन ।

त्यसैले अनुमान गर्न सकिन्छ कि डेबिड मिलर यस सिजन राजस्थान रोयल्सका लागि एक खेलसमेत खेल्न पाउने छैनन् । यस कारण उनी अर्को टिम जान सक्नेछन् ।

डेबिड मिलर आफ्नो पुरानो टोली किंग्स इलेभेन पन्जाबमा जान सक्नेछन् । किनकि पन्जाबको मिडिल अर्डरले यस सिजन निकै खराब प्रदर्शन गरेको छ ।

सन्दीप लामिछाने
नेपाली क्रिकेटर सन्दीप लामिछानेले पनि यस सिजनको आईपीएलमा कुनै खेल खेल्ने अवसर पाएका छैनन् । दिल्ली क्यापिटल्समा आबद्ध लेग स्पिनर सन्दीप पनि यस मिड सिजन ट्रान्सफर विन्डोजमा अर्को टोली रोज्‍न सक्नेछन् ।

यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको दिल्लीमा रहेका अन्य स्पिनर लयमा देखिनुले सन्दीपले यस सिजन दिल्लीको प्लेइङ एघारमा स्थान बनाउन सक्ने सम्भावना धेरै कम छ । अर्कोतिर दिल्लीमा नियमित विदेशी चार खेलाडीले स्थान बनाइरहेको र उत्कृष्ट प्रदर्शन गरिरहेकाले पनि सन्दीपले दिल्लीको प्लेइङ एघारमा स्थान बनाउने सम्भावना कम भएको हो ।

सन्दीप यस मिड सिजन ट्रान्सफर विन्डोजमा कोलकाता नाइट राइडर्स जान सक्नेछन् । कोलकातामा राम्रो लेग स्पिनरको कमी भएकाले उनी यसमा अनुबन्ध हुनसक्नेछन् ।

अजिङ्क्य रहाणे
राजस्थान रोयल्स पूर्वकप्तान र दिल्ली क्यापिटल्सका वर्तमान खेलाडी अजिङ्क्य रहाणेले पनि यस सिजन कुनै खेल खेल्न पाएका छैनन् । उहिलेसम्म उनी मैदानमा ब्याट नभई पानीको बोतल बोकेर दौडेको देख्‍न पाइएको छ । यसै कारण रहाणे मिड सिजन ट्रान्सफर विन्डोजको माध्यमबाट दोस्रो टोलीमा जान सक्नेछन् ।

क्रिस गेल
क्रिस गेलले पनि अहिलेसम्म किंग्स इलाभेन पन्जाबका लागि कुनै खेल खेल्न पाएका छैनन् । यसको मुख्य कारण यो छ कि पन्जाबका ओपनर ब्याट्सम्यानले उत्कृष्ट साझेदारी गरिरहेका छन् । उनी अर्को खेलमा खेल्ने सक्नेछन् । तर, मिड सिजन ट्रान्सफर विन्डोजसम्म उनको दुई खेल पुग्‍ने छैन ।

पन्जाबका ओपनर ब्याटसम्यान जुन तरिकामा लयमा देखिएका छन्, त्यो कारणले गेलले पन्जाबामा खासै अवसर पाउने छैनन् । यस्तो अवस्थामा क्रिस गेल मिड सिजन ट्रान्सफर विन्डोजमा अर्को टोलीको सदस्य बन्‍न सक्नेछन् ।