सन्दीप लामिछानेको नयाँ किर्तिमान - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

सन्दीप लामिछानेको नयाँ किर्तिमान



एजेन्सी- नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा सबैभन्दा बढी देशमा क्रिकेट खेल्ने खेलाडीको लिस्टमा किर्तिमान बनाएका छन् ।

क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ को नयाँ सर्वेक्षणअनुसार सन्दीप बढी देशको भ्रमण गर्ने क्रिकेटर बनेका हुन्।

अक्टोबर २०१८ देखि सेप्टेम्बर २०१९ सम्मको अवधिमा सन्दीप क्रिकेटका लागि बढी देशको भ्रणम गर्ने खेलाडीमा अफगानिस्तानका नाजिबुल्लाह जार्डनसँगै शीर्ष स्थानमा छन्। दुवै जनाले ८ देशमा क्रिकेट खेलिसकेका छन्।

सन्दीपले अहिलेसम्म भारतको आइपिएल, अस्ट्रेलियाको बिग बास, वेस्ट इन्डिजको सिपिएल, बंगलादेशको बिपिएल, पाकिस्तानको एपिएल, अफगानिस्तानको एपिएल, क्यानडाको ग्लोबल टी–२० र युएईको टी–१० खेलिसकेका छन्।