त्रिवि क्रिकेट मैदानका कर्मचारीलाई सन्दीपले दिए राहत - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

त्रिवि क्रिकेट मैदानका कर्मचारीलाई सन्दीपले दिए राहत



काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गरेका छन्।

गत साउनमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जानुअघि सन्दीपले त्रिवि मैदानमा कार्यरत कर्मचारीलाई एक लाख रुपैयाँ सहयोग गर्ने बताएका थिए।

सोही अनुसार आज आइतबार सन्दीपका ब्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले मैदानका इन्चार्ज मधु तामाङलाई भेटेर एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। मैदानमा १५ जना कर्मचारी छन्।

सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरव इमिरेट्स (यूएई) मा छन्। आईपीएलमा दिल्लीले खेलेको ६ खेलमा सन्दीप बेन्चमा नै छन्। ६ खेलमा ५ मा जित र १ मा हार सहित दिल्ली १० अंकमा तालिकाको शीर्षस्थानमा छ।