सन्दीपको कोटा सकियो : अब के हुन्छ ? - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सन्दीपको कोटा सकियो : अब के हुन्छ ?



एजेन्सी – सन्दीप लामिछानेले कोलकाता नाइट राइडर्सविरुद्ध पहिलो रोजाइमा खेल्दै यस सिजनको आईपीएलमा सानदार सुरुवात गरेका छन् । इनिङको १२ औं ओभरमा नै ४ ओभरको कोटा सकाएका सन्दीपले २९ रन खर्चेर १ विकेट लिए ।

इनिङसको दोस्रो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले आफ्नो ओभरमा मात्र १ रन खर्चे । पहिलो ओभरमा कागीसो रबाडाले १२ रन खर्चेपछि दिल्लीले सन्दीपलाई बलिङमा ल्याएको थियो । सन्दीपले निखिल नाईकलाई पहिलो पाँच बल डट गराएका थिए भने अन्तिम बलमा १ रन दिएका थिए । उनको चौथो बलमा कप्तान श्रेयस ऐरले कट बिहाइन्डको अपिल गर्दै रिभ्यु लिएपनि ‘एज’ नलागेको देखिएको थियो ।

चौथो ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपको पहिलो बलमा क्रिस लिनले एक रन लिए । दोस्रो बलमा नाईकले लामो सट खेल्ने असफल प्रयास गरे र तेस्रो बलमा पनि ब्याटमा कनेक्ट हुन सकेन । निकै दवावमा रहेका नाईक चौथो बलमा डिफेन्स गर्ने धुनमा एलबीडब्लू धरापमा परे । नाईक आउट भएपछि क्रिजमा आएका नयाँ ब्याट्सम्यान रबिन उथाप्पाले पहिलो बलमा चौका प्रहार गरे । अन्तिम बलमा पनि उनले १ रन लिए ।

खेलको दशौं ओभरमा कोलकाता ५९-४ को स्थितिमा रहँदा सन्दीप फेरी बलिङमा आए । पहिलो बलमा नै शुभ्मन गिल रनआउट भएपछि दिल्ली बलियो स्थितिमा पुग्यो । त्यसपछि सन्दीपले बाँकी ५ बलमा ३ रनमात्र दिँदै समग्रमा ३ ओभरमा १२ रन खर्चेर १ विकेटको अवस्थामा रहे ।

१२ औं ओभरमा दिनेश कार्तिकलाई सुरुवाती दुई बल डट गराएपनि तेस्रो बलमा कार्तिकले चौका प्रहार गरे । चौथो बलमा एक रन लिएपछि रसेल स्ट्राइकमा आए । रसेलले पाँचौ बलमा सन्दीपलाई मिड विकेट बाउन्ड्रीमाथि छक्का प्रहार गरेपछि अन्तिम बलमा पनि छक्का प्रहार गर्न सफल रहे ।