आजको टोलीमा परेनन् सन्दीप - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

आजको टोलीमा परेनन् सन्दीप



नयाँ दिल्ली –  इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटअन्तर्गत केहीबेरपछि दिल्ली डेयर डेभिल्स र कोलाकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदै छ। कोलकाताको मैदानमा हुने खेलमा दिल्लीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

यो खेलमा सन्दीप लामिछाने दिल्लीको टोलीमा छैनन्। दिल्लीका कप्तान श्रेयस अयरले सन्दीपको स्थानमा किमो पललाई खेलाईने जानकारी दिए। ६ खेलपछि कोलकाताको ८ र दिल्लीको ६ अंक छ।

सन्दीप लगातार चौथो खेलपछि दिल्लीको टोलीमा नअँटाएका हुन्। आईपिएलको यो सिजन सन्दीपले चार खेलमा पाँच विकेट लिएका छन्।