दोस्रो खेलमा पनि सन्दीप परेनन् - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

दोस्रो खेलमा पनि सन्दीप परेनन्



काठमाडौं : इन्डिन प्रिमियर लिग (आईपीएल)मा सहभागी नेपालका एकमात्र क्रिकेटर सन्दीप लामिछाने दिल्ली क्यापिटलको दोस्रो खेलमा समेत प्लेइङ ११ मा परेनन्।

सन्दीप आईपीएलमा दोस्रो पटक दिल्लीबाट सहभागी भएका छन्। सन्दीप आईपीएलमा आवद्ध भएपछि नेपालमा यसको क्रेज बढेको छ।
दिल्लीको आइतबार भएको पहिलो खेलको प्लेइङ ११ मा समेत नपरेका सन्दीप दोस्रो खेलमा समेत नसमेटिएका हुन्।

पहिलो खेलमा दिल्लीले आइतबार राति मुम्बइ इन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो।