सन्दीप परे टिममा : पञ्जावविरुद्ध कस्तो खेल्लान ? - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सन्दीप परे टिममा : पञ्जावविरुद्ध कस्तो खेल्लान ?



काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट किङ्स—११ पञ्जावविरुद्धको खेलमा मैदान उत्रिने भएका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जावको घरेलु मैदान मोहाली रंगशालामा हुने खेलमा दिल्लीको प्लेइङ—११ मा अटाएका हुन् ।

यसअघि चेन्नईविरुद्ध मैदान उत्रिने मौका पाएका सन्दीपले दिल्लीका अन्य खेलाडीहरु भन्दा उत्कृष्ट बलिङ गर्दै सबैको मन जितेका थिए । उनले ४ ओभर बलिङ गरेर २९ रन खर्चदै १ विकेट लिएका थिए ।
यसअघि समान तीन—तीन खेल खेलेका दुवै टोलीले दुई खेलमा जीत र एक खेलमा हार बेहोरेका छन् ।

आजको खेलमा जीत निकाल्दै अंक तालिकामा आफ्नो स्तर सुधार्ने लक्ष्यमा रहेका छन् ।

दिल्लीे टिम
पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), कोलिन इनग्राम, रिसभ पन्त, हनुमान विहारी, क्रिस मोरिस, हर्षल पटेल, आभाष खान, सन्दीप लामिछाने, कागिसो रबाडा