सन्दीप पहिलो रोजाईमा
काठमाडौं, । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आइपिएल) को व्यक्तिगत दोस्रो खेल शुक्रबार चेन्नेई सुपर किंग्सविरुद्ध खेल्ने भएका छन्।
दिल्ली डेयर डेभिल्सले डेब्यू खेलमा प्रशंसनीय प्रदर्शन गरेका सन्दीपलाई लगातार अर्को खेलमा समावेश गर्ने भएको हो। दिल्लीले बिहीबार ट्विट गर्दै सन्दीपले चेन्नेई सुपर किंग्सविरुद्ध खेल्ने उल्लेख गरेको हो । सँगै सन्दीपले कति विकेट झार्छन् भन्दै ट्विटरमै दिल्लीले प्रश्न समेत गरेको छ।
खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा हुने छ । दिल्ली अंकतालिकामा पुच्छारमा रहेको छ भने चेन्नेई सुपर किंग्स अंकतालिकामा दोस्रो स्थानमा रहेका छ ।
डेब्यू खेलमा सन्दीपले दिल्लीका लागि सबैभन्दा किफायती बलिङ गरेका थिए। सन्दीपले ४ ओभर बलिङ गर्दै केबल २५ रन मात्रै खर्चिएर बैंगलोरको एक विकेट लिएका थिए। सन्दीपले पार्थिप पटेललाई ८ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्काएका थिए।
सन्दीपको प्रशंसनीय त्यो किफायती बलिङ
इन्डियन प्रिमियर लिग (आईपीएल) को डेब्यु खेलमै नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई प्रमाणित गरेका छन्। गत सोमबार दिल्ली डेयर डेभिल्सले प्ले अफमा पुग्ने सम्भावना समाप्त भएको अवस्थामा प्लेइङ ११ मा पारेपछि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले आफूलाई सबैभन्दा किफायी बलरका रुपमा प्रमाणित गरेका हुन्।
दिल्लीबाट पहिलो, तेस्रो, छैटौँ र बाह्रौँ ओभरमा बलिङ गरेका उनले केबल २५ रन खर्चेर १ विकेट समेत लिए। आरसीबीका ओपनर पार्थिब पटेलले ८ बलको सामना गर्दै ६ रन बनाएको अवस्थामा सन्दीपले एलबीडब्लु धरापमा पारेका थिए।
कसिलो बलिङ गरेका सन्दीपले स्पिनको प्रभाव देखाउँदै आरसीबीका ब्याटसम्यानहरू विराट कोहली र एबी डिभिलियर्सलार्इ समेत दबाबमा राखे। उनले ११।५ ओभरमा एबी डि भिलियर्सलाई एउटा मात्रै छक्का हान्ने मौका दिए। समग्र बलिङको कुरा गर्दा सन्दीपले १० डट बल प्रहार गरे, उनको इकोनोमी ६।२५ थियो।
त्यसैगरी उनले पेभेलियन फर्काएका पार्थिब पटेलले पनि केबल एक मात्रै चौका प्रहार गर्न सके। पटेलले २।३ ओभरमा चौका हाने लगत्तै २।४ ओभरमा सन्दीपले उनलाई एलबीडब्लु धरापमा पारे। आरसीबी तथा भारतीय कप्तान विराट कोहलीले पनि सन्दीपको बलमा एक मात्रै चौका प्रहार गर्न सके। कोहलीले छैटौँ ओभरमा सन्दीपको पहिलो बलमा चौका हानेपनि त्यसपछि १(१ रन मात्रै बटुल्न सके।
दिल्लीका अन्य बलरमा हर्षल पटेल सबैभन्दा महँगा सावित भए। उनले ४ ओभर बलिङ गर्दै ५१ रन खर्चेर एक विकेट लिए। न्यूजील्यान्डका टेरेन्ट बोल्टले पनि चार ओभर नै बलिङ गर्दै ४० रन खर्चेर २ विकेट लिए। अर्का बलर जुनियर डालाले ३ ओभर बलिङ गर्दै ३४ रन दिए।
१ विकेट लिएका अमित मिश्राले ४ ओभरमा ३३ रन खर्चिए। सन्दीपले गतिलो प्रदर्शन गरेको खेलमा दिल्ली भने पराजित भएको छ। दिल्ली डेयर डेभिल्स रोयल च्यालेन्जर्स बैंगलोरसँग ५ विकेटले पराजित भएको हो।
बैंगलोरलाई जिताउने क्रममा नटआउट रहेका एबी डिभिलियर्सले ३७ बलमा ७२ रनको योगदान दिए। त्यसैगरी विराट कोहलीले ४० बलमा ७० रनको गतिलो पारी खेले। उनीहरूले तेस्रो विकेटका लागि सतकीय साझेदारी गरे। अन्य ब्याटसम्यानको प्रदर्शन विर्सन लायक रह्यो।
दिल्लीका लागि सबैभन्दा किफायती बलिङ सन्दीपले गरे। उनले ४ ओभर बलिङ गर्दै केबल २५ रन मात्रै खर्चिएर बैंगलोरको एक विकेट लिए। सन्दीपले पार्थिप पटेललाई ८ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्काए।
त्यसैगरी बोल्टले ४ ओभर नै बलिङ गर्दै ४० रन खर्चेर २ विकेट लिन सफल भए। यसअघि फिरोज शाह कोटला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १८१ रन बनाएाको थियो। दिल्लीका लागि रिसभ पन्तले ३४ बलमा सर्वाधिक ६१ रनको योगदान दिए।
त्यसैगरी नटआउट रहेका अभिषेक शर्माले १९ बलमा ४० रन बनाए। बैंगलोरका लागि युजभेन्द्र चाहलले सर्वाधिक २ विकेट लिएका थिए। दिल्लीले टस हारेर पहिले ब्याटिङ गर्दै दिएको १८२ रनको चुनौती पछ्याएको बैंगलोरले ६ बल बाँकी रहँदै जित दर्ता गराएको हो।