दिल्लीको टोलीबाट सन्दीप आजपनि 'आउट' - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

दिल्लीको टोलीबाट सन्दीप आजपनि ‘आउट’



काठमाडौं- इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको बुधबार हुने खेलमा दिल्ली क्यापिटल्सले राजस्थानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

आजको खेलमा पनि नेपाली स्पिनर सन्दीप लामिछाने दिल्लीको टोलीबाट आउट भएका छन्। दिल्लीका सन्दीपले यो सिजन खेल्न पाएका छैनन्। दिल्लीले यो सिजनको हालसम्मका सबै खेलमा सन्दीपलाई आउट गरेको छ ।

दिल्लीले लिग चरणअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा राजस्थान रोयल्ससँग खेल्न लागेको हो। पहिलो चरणमा दिल्लीले राजस्थानलाई हराएको थियो। बुधबारको खेलमा जित हात पारे दिल्ली अंक तालिकामा शीर्षस्थानमा पुग्नेछ।

अघिल्लो खेलमा साविक विजेता मुम्बई इन्डियन्ससँग पराजित भएपछि दिल्ली समान अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा झरेको थियो। सात खेलपछि दिल्लीको १० अंक छ।

रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बईको पनि १० अंक नै छ। राजस्थानले ६ अंक जोडेको छ।