आजको खेलमा पनि सन्दीपले खेल्ने मौका पाएनन् - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

आजको खेलमा पनि सन्दीपले खेल्ने मौका पाएनन्



काठमाडौं- आजको खेलमा पनि नेपाली स्टार स्पिनर सन्दीप लामिछाने बेन्चमै प्लेइङ एलाभेनमा परेका छैनन् ।

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा केहिबेरमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स भिड्दैछन्।

दिल्लीले पहिला ब्याटिङ गर्दै छ। चेन्नईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो। सन्दीप लामिछाने यो खेलमा पनि प्लेइङ सेटमा परेका छैनन्।

दिल्ली आफ्नो दोस्रो खेलमा चेन्नईसँग भिड्न लागेको हो। उसले पहिलो खेलमा किङ्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो। त्यस खेलमा सन्दीप टोलीमा थिएनन्।

पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको चेन्नईले दोस्रो खेलमा राजस्थान रोयल्ससँग हार ब्यहोरेको थियो।