दिल्लीका खेलाडीहरू एकपछि अर्को घाइते: अब सन्दीपले मौका पाउने - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

दिल्लीका खेलाडीहरू एकपछि अर्को घाइते: अब सन्दीपले मौका पाउने



एजेन्सी – दिल्ली क्यापिटलका स्पिनर रविचन्द्रन आश्विनलाई गम्भीर चोट लागेको छ । उनीखेल्न नसक्ने भएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अवका खेलमा मौका पाउने अत्यधिक सम्भावना बढेको छ।

सन्दीपले आगामी खेलमा दिल्ली क्यापिटल्सबाट प्लेइङ ११ मा मौका पाउने चर्चा हुन थालेको छ । आइतबार राति पञ्जाबसँगको खेलमा स्पिनर रविचन्द्रन आश्विन घाइते भएपछि सन्दीपको सम्भावना बढेको हो ।

दिल्लीले आइतबार राती सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । दिल्लीले पञ्जाबसँग खेल्नु अघिल्लो दिन अभ्यासको क्रममा तीव्र गतिका बलर ईशान्त शर्मा पनि घाइते भएका थिए ।

आश्विनले छैटौं ओभरमा दिल्लीलाई दुई ठूला सफलता दिलाएका थिए । पहिलो बलमै करुण नायरलाई १ रनका क्याच आउट गराएका आश्विनले पाँचौ बलमा निकोलस पूरनलाई शून्यमा बोल्ड आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर अन्तिम बलमा म्याक्सवेलले प्रहार गरेको बल डाइभ हान्दै रोक्ने क्रममा उनको बायाँ हातको काँधमा चोट लागेको थियो ।

त्यसपछि आश्विन मैदानबाट बाहिरिएका थिए । खेलका दौरान आश्विनले आर्म स्लिङ (काँधलाई आड दिने काम्रो) लगाएका देखिएका थिए । खेलपछि भने उनी स्लिङबिना नै हिडेको देखिएको थियो । दिल्लीका कप्तान श्रेयस ऐरले फिजियोसँगको कुराकानीपछि मात्रै आश्विन अर्को खेलमा उपलब्ध हुन सक्ने वा नसक्ने पुष्टि हुने बताएका छन् ।

आश्विन अर्को खेलमा उपलब्ध नभए सन्दीपले मौका पाउने बलियो सम्भावना छ । दिल्लीले पहिलो खेलमा चार विदेशी खेलाडीमा कागिसो रबाडा, एनरिच नोर्टजे, मार्कस स्टोइनिस र शिम्रन हेटमायरलाई मैदान उतारेको थियो । एनरिच नोर्टजे ४ ओभरमा ३३ रन खर्चिदा कुनै विकेट लिएका थिएनन् । आश्विन टोलीमा उपलब्ध नभए पहिलो खेलमा नोर्टजेको स्थानमा सन्दीपले मौका पाउने सम्भावना उच्च छ ।

इशान्त शर्मा चोटबाट फर्कनु र स्टोइनिसले राम्रो बलिङ गर्नुले पनि सन्दीपको सम्भावना बढेको छ । दिल्लीले शुक्रबार चेन्नई सुपर किंग्सविरुद्ध दुबईमा प्रतिस्पर्धा गर्ने छ । दिल्लीले बलिङ बलियो बनाउन सन्दीपलाई खेलाउने देखिन्छ । इशान्त घाइते भएपछि भारतले मोहित शर्मालाई मौका दिएको थियो । मोहितले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिएका थिए ।

दिल्लीले दुई प्रमुख स्पिनरमा सन्दीप र अमित मिश्रा दुबैलाई मैदान उतार्न सक्छ । पञ्जाब र दिल्लीसँगको खेलमा दुबै टोलीका स्पिनरले उच्च प्रर्दशन गरेका थिए । आश्विनले १ ओभरमा २ रन खर्चेर २ विकेट लिएका थिए । अक्षर पटेलले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिएका थिए । पञ्जाब स्पिनर रबि बिश्रोईले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिएका थिए । पहिलो खेलमा सन्दीप र मिश्रा दुबै बेन्चमा बसेका थिए ।