सन्दीप फेरी पनि मैदान बाहिर - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सन्दीप फेरी पनि मैदान बाहिर



एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेटको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमा राखेको छ ।

फाईनल प्रवेशका लागि चेन्नेईविरुद्व मैदान उत्रदै गर्दा दिल्लीले नेपाली लेग स्पिनरलाई बेन्चमा राखेको छ ।

पछिल्लो समय सन्दीप दिल्लीको प्लेईङ सेट बाहिर रहदै आएका छन् ।

धेरै रन दिएर विकेट लिन नसकेपछि उनलाई दिल्लीले टिम बाहिर राख्दै आएको छ ।

विशाखापटनममा हुने दोस्रो क्वालिफायर खेलमा चेन्नेईले टस जितेर फिल्डिङ रोजेको छ ।

चेन्नेईले लिग चरणको खेमलमा ८० रनले हराउँदै शीर्ष दुई दुईमा पर्ने दिल्लीको सपनामा टुटाएको थियो ।

बुधबार हैदरावादविरुद्व संघर्षपुर्ण जितले दिल्लीले क्वालिफायरमा स्थान पक्का गरेको थियो । जसमा ऋषभ पन्तले उल्लेख्य भुमिका निर्वाह गरेका थिए ।

सोही कारण समेत दिल्लीको टिमको मनोबल उच्च भएको हुन सक्छ । पन्तले दिल्लीबाट विजयी पाली त खेल्न सकेनन् । तर दोस्रो क्वालिफायर खेलमा आलोचकको मुख बन्द गराउने अवसर ऋषभलाई छ ।

अर्का युवा खेलाडी पृथ्वी शाले ५६ रनको अर्धशतकीय पाली खेले । पछिल्ला तीन खेलमा कम रन बनाएर आलोचना भोगेका उनले हैदरावादविरुद्व जितको आधार तय गरेका थिए ।

कागिसो राबाडाको स्थानमा दिल्लीका ट्रेन्ट बोल्ट र इशान्त शर्माले राम्रो प्रर्दशन गरेका थिए । अनुभवी स्पिनर अमित मिश्राले किफायती बलिङ गर्दै एक विकेट समेत लिएका थिए ।

यता चेन्नेईलाई दबाबपुर्ण खेल खेल्ने बानीनै छ । तीन पटकको विजेता चेन्नेई चार पटक उपविजेता समेत भएको छ । पहिलो क्वालिफायर खेलमा मुम्बई ईन्डियन्ससंग पराजित भएपनि खेलमा फर्कने अवसर चेन्नेईलाई प्राप्त छ ।

मुम्बईविरुद्वको कमजोर ब्याटिङलाई कप्तान धोनी सुधार गर्ने अपेक्षा गरेका छन् । स्टार ब्याटसम्यान सेन वाटसन हैदरावादविरुद्व ५६ बलमा ९६ रन बनाउनु बाहेक अरु खेलमा रन बनाउन सकिरहेका छैनन् ।

विजेता टिमले उपाधिका लागि मुम्बईसंग प्रतिस्पर्धा गर्नेछ ।