चेन्‍नई र दिल्ली भिड्दै: सन्दीपलाई मैदानमा उतार्नुपर्ने भारतीयकै माग - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

चेन्‍नई र दिल्ली भिड्दै: सन्दीपलाई मैदानमा उतार्नुपर्ने भारतीयकै माग



एजेन्सी- युएईमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत आज (शुक्रबार) दिल्ली क्यापिटल्सले आफ्नो दोस्रो खेल खेल्दै छ । चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटलबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा किंग्स इलेभेन पन्जाबविरुद्ध सुपर ओभरमा जित निकालेको दिल्लीले प्रतियोगिताको दोस्रो खेल्न लागेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सम्मिलित टिमले सिजनको दोस्रो खेल खेल्न लागेको हो ।

आजको खेलमा दुवै टोली जित निकाल्दै आईपीएलमा यो सिजन दोस्रो जित निकाल्ने योजनामा छन् । पहिलो खेलमा साबिक विजेता मुम्बईविरुद्ध जित निकालेको चेन्‍नई दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।

दिल्ली यो सिजन आईपीएलको उपाधि दाबेदारका रुपमा हेरिएको छ । पहिले भन्दा निकै सुधारिएको खेल र परिपक्वाले दिल्ली अरू भन्दा फरक टोलीका रूपमा हेरिएको छ ।

क्वारेन्टाइन बस्नु परेको र पर्याप्त अभ्यास गर्न नसकेकाले सन्दीपले दिल्लीको पहिलो खेलमा प्लेइङ सेटमा स्थान बनाउन नसके पनि दोस्रो खेलमा स्थान बनाउने चर्चा भारतमै चलेको छ । क्रिकेटका जानकार र मिडियाहरुले सन्दीपलाई स्थान दिनुपर्ने बताएका छन् ।

सन्दीपलाई भारतीय क्रिकेट विज्ञ तथा क्रिकेट विश्‍लेषकले अन्तिम ११ मा चेन्नईविरुद्ध उतार्नुपर्ने बताएका छन् । सन्दीप पहिले भन्दा निकै परिपक्क भएको र सिपिएलमा निकै वजनदार खेलेको भन्दै उनलाई आजको खेलमा मौका दिनुपर्ने आवाज उठेको हो ।

दिल्लीमा सन्दीपसहित रवीचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेलजस्ता अनुभवी स्पिनर छन् ।पहिलो खेलमा दुई ओभर बलिङ गरेका आश्विनले दुई विकेट लिएका थिए । उनी मैदानमा बल समात्ने क्रममा चोट बोक्दै आदि खेल मात्र खेलेका थिए ।

उनको अवस्था सामान्य भए आज दिल्लीले आश्विन र अमित मिश्रामध्य एक जनालाई स्थान दिने सम्भावना छ ।

यता क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उत्कृष्ट प्रदर्शन देखाएका सन्दीपलाई टिमका प्रशिक्षक र कप्तानले जिम्मेवारी दिए उनी खेल्ने सम्भावना पनि छ ।