सन्दीप लामिछाने बने धेरै देशमा खेल्ने क्रिकेटर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सन्दीप लामिछाने बने धेरै देशमा खेल्ने क्रिकेटर



काठमाडौं । दिल्ली डेयरडेभिल्सबाट अन्तर्राष्ट्रिय चर्चा कमाएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने धेरै देशमा खेल्ने क्रिकेटरकाे सूचीमा परेका छन् ।

इण्डियन पि्रमियर लिग (आईपीएल)मा डेब्यू गरेका सन्दीपले ९ देशबाट टी-२० क्रिकेट खेलिसकेका छन् । उनकाे नाम धेरै देशमा खेल्ने क्रिकेटरकाे सूचीमा पाकिस्तानका २ जना तथा बंगलादेशका १ जनापछि राखिएकाे छ । तर ती सबैले बराबरी ९/९ देशमा टी-२० खेलेका छन् ।

क्रिकइन्फोको ‘द क्रिकेट मन्थ्ली’ म्यागजिनले प्रकाशित गरेकाे सूचीका अनुसार धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरहरुकाे शीर्ष स्थानमा भने अफगानिस्तानका मोहम्मद नाबी र रसिद खान परेका छन् ।

नाबी र खानले अहिलेसम्म १०/१० देशमा क्रिकेट खेलेर शीर्ष स्थान बनाएका हुन् । यस्तै शोएब मल्लिक र शादाब खान तथा  बंगलादेशका तमिम इकबालले ९/९ देशमा टी-२० खेलेका छन् ।

अाइपिएलमा राम्राे प्रदर्शन गरेर अाफ्नाे क्षमता र खूबी देखाएका सन्दीपले लगातार टी-२० लिग खेलिरहेका छन् । पछिल्लो पटक उनी अफगानिस्तान प्रिमियर लिगको पहिलो संस्करणमै ‘नन्गाहर टिम’बाट खेल्दैछन् ।