सन्दीप लामिछाने आजको खेलमा के गर्लान ? - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सन्दीप लामिछाने आजको खेलमा के गर्लान ?



काठमाडौं– इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शुक्रबार (आज) नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी टोली दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।

खेल कोलकाताको इडेन गार्डेन रंगशालामा नेपाली समयअनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ । दिल्लीका सुरुवाती २ खेलमा टिममा नपरे पनि त्यस यता चार खेलमा लगातार खेलेर सन्दीपले ५ विकेट लिएका छन् ।

आज उनी टोलीमा पर्लान् या नपर्लान् कौतुहलताको विषय बनेको छ ।

एकातर्फ आईपीएलमा सन्दीपको प्रदर्शन औसत रहेको हुँदा आजको खेलमा पनि सन्दीपलाई दिल्लीले मैदानमा उतार्ने सम्भावना देखिन्छ भने अर्कोतर्फ यसअघि भएको रोयल च्यालेन्जर्स बैंग्लोरबिरुद्धको खेलमा उनले ४६ रन खर्चेका कारण पर्ने सम्भावना कम रहेको आकलन समेत गर्न थालिएको छ ।

६ खेलबाट ४ जित र २ हारको नतिजासहित ८ अंक बनाएको कोलकाता लिगको दोस्रो स्थानमा छ भने समान खेलबाट ३ जित र ३ हारको नतिजासहित ६ अंक जोडेको दिल्ली छैटौं स्थानमा छ । दिल्ली चौथो जितको खोजीमा रहनेछ ।