सन्दीप लामिछानेलाई किन खेलाएन दिल्लीले - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सन्दीप लामिछानेलाई किन खेलाएन दिल्लीले



काठमाडौं । भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले फेरि पनि नेपाली ढुकढुकी सन्दीप लामिछानेलाई मैदानमा उतारेन । सुरुवाती दुई खेलमा खेल्न नपाएका सन्दीपले त्यसपछिका लगातार चार खेलमा खेले ।

त्यसपछिका तीन खेल सन्दीपले खेल्न पाएनन् । सन्दीपको तुलना रसिद खानसंग गरिएको थियो । रसिदभन्दा सन्दीप विकेट लिनमा अगाडि पनि थिए ।

तर उनलाई एकाएक ड्रप गरियो । उनले हरेक खेलमा विकेट लिएका थिए ।

हुनत उनीभन्दा धेरै अनुभवी खेलाडी रहेका छन् दिल्लीमा । तर यसरी राम्रो खेल्दाखेल्दै पनि ड्रप हुनुलाई भने अस्वभाविक मानिएको छ ।

कमेन्टेटरहरुले समेत प्रशंसा गरेर नथाक्ने नाम सन्दीप भए पनि अहिले उनीहरुले नै दिल्लीको ब्राण्डमा जोडिन पाउनुलाई नै ठूलो प्रतिष्ठाको विषय बनाएका छन् ।

इमर्जिङ खेलाडीको अग्रस्थानमा रहेका सन्दीपलाई कहिले दिल्लीले आफ्नो प्लेइङ ११ मा राख्ला भन्ने चासो बढेको छ ।

हरेक खेलमा विकेट लिने सन्दीपलाई ड्रप गर्दा घरेलु मैदानमै पराजित भएको दिल्ली व्यवस्थापनले पनि केही सोच्ला कि !