सन्दीपको उत्कृष्ट प्रदर्शन ,बिग-बास लिगमा लिए ३ विकेट - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

सन्दीपको उत्कृष्ट प्रदर्शन ,बिग-बास लिगमा लिए ३ विकेट



काठमाडौं । नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग-बास लिगमा ३ विकेट लिएका छन् ।

सोमबार होबार्ट हुरिकन्ससँग भएको खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शन रहेको थियो । तर मेलबर्न स्टार्स लगातार दोस्रो खेलमा पराजित बन्न पुग्यो ।

सन्दीपले ४ ओभर बलिङमा २४ रन खर्चिंदै ३ विकेट लिएका भएपनि होबार्टले ८ बलअघि नैं लक्ष्य पूरा गर्यो ।

सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमै एलेक्स डोलनलाई ३ रनमा बोल्ड गरे । नवौं ओभरमा ७ रन खर्चेका उनले विकेट लिन सकेनन् ।

उनले १४औं ओभरको दोस्रो बलमा ५२ रन बनाएर खेलिरहेका हुरिकन्सका कप्तान म्याथ्यू वेडलाई एडम जाम्पाको हातबाट क्याचआउट गराए भने १६औं ओभरमा सन्दीपले म्याक–डर्मोटलाई २८ रनको स्कोरमा एलबीडब्ल्यू आउट गरे ।