राजस्थानविरुद्धको खेलमा सन्दीपको उच्च सम्भावना - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

राजस्थानविरुद्धको खेलमा सन्दीपको उच्च सम्भावना



एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोलीको दिल्ली क्यापिटल्सले आज लिग चरणको अन्तिम खेल राजस्थान रोयल्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ देखी दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा हुने छ ।

प्लेअफमा पुगि सकेको दिल्लीलाई शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्न आजको खेलमा फराकिलो जितको आवश्यक छ । प्लेअफको झिनो अंक गणीतिय आसा जिवीतै राख्न राजस्थनलाई आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा राजस्थान लिग चरणबाटै बाहिरिने दोस्रो टोली बन्ने छ । राजस्थान १३ खेलमा ५ मा जित र ७ मा हारका साथ छैटौं स्थानमा छ । सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सको नतिजा आफु अनुकुल आए राजस्थान प्ले अफमा पुग्न सक्ने झिनो अंक गणीतिय संभावना छ ।

राजस्थानसँग खेल्नु अघि दिल्लीलाई ठूलो धक्का लागेको छ । जारी आईपीएलमै सर्वाधिक विकेट लिने खेलाडी कागीसो रबाडा चोटका कारण टोलीमा उपलब्ध हुने छैनन् । उनि अव साउथ अफ्रिका फर्किने छन् । रबाडाले जारी आईपीएलमा १२ खेलमा २५ विकेट लिएका छन् । दिल्ली १३ खेलमा ८ मा जित र ५ मा हारका साथ तेस्रो स्थानमा छ ।

त्यस्तै आजको दोस्रो खेलमा हैदरावाद र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिसर्पर्धा हुने छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी सुरु हुने छ । बेंगलोर लिग चरणबाटै बाहिरि सकेको छ । हैदरावादलाई आजको खेलमा विजयी भए मात्र हुँदैन कोलकता आईतबार मुम्बईसँग पराजित भए प्ले अफमा पुग्ने छ । हैदरावाद १३ खेलमा ६ मा जित र ७ मा हारका साथ चौथो स्थानमा छ । बेंगलोर भने १३ खेलमा ८ मा हार र ४ मा जितका साथ पुछारमा छ ।

सन्दीपको उच्च संभावना

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आजको खेलमा दिल्लीको टिममा पर्ने उच्च संभावना छ । जारी आईपीएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका छन् । यस अघि सन्दीप चेन्नईसँग टसको समयमा टोलीमा परेपनि अन्तिम समयमा उनको स्थानमा क्रिस मोरिस मैदान उत्रदै सवैलाई आश्चर्य पारेका थिए । उक्त खेलमा मोरिसले ४ ओभरमा ४७ रन खर्चिदा शून्यमा आउट हुन पुगे ।

आज मोरिसको स्थानमा सन्दीपले लिने उच्च संभावना छ । हुन त दिल्लीले प्राय खेलमा अवेमा मोरिस र कोटलामा सन्दीपलाई मैदान उतार्दै आएको छ । सन्दीपले खेलेका ६ खेल मध्य ४ खेल फिरोज शाह कोटला रहेको छ । फिरोज शाह कोटला स्पिनर उपयोगी मैदान रहेको हुँदा आज सन्दीप र अमित मिश्रा दुवै मैदान उत्रने उच्च संभावना छ । त्यसो त कागीसो रबाडा नहुँदा दिल्लीले आफ्नो बलिङ बलियो पार्न पनि सन्दीपलाई उतार्ने छ ।