आजको खेलमा पनि दिल्लीले सन्दीपलाई खेलाएन - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

आजको खेलमा पनि दिल्लीले सन्दीपलाई खेलाएन



काठमाडौं  – नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले लिग चरणको अन्तिम खेल राजस्थान रोयल्ससँगको खेलमा टोलीमा मौका दिएको छैन ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा भएको टसमा दिल्लीले हारेर पहिला बलिङको निम्तो पाएको छ । राजस्थाने केहि समयमा ब्याटिङ गर्ने छ । कप्तान श्रेयस ऐरका अनुसार सन्दीपले आज टोलीमा मौका पाएका छैनन् । दिल्लीले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ जगदीश सुचित र क्रिस मोरिसको स्थानमा किमो पल र इशान्त शर्मालाई मौका दिएको छ ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड, अक्षर पर्टेल, ट्रेन्ट बोल्ट, इशान्त शर्मा,अमित मिश्रा र किमो पल ।