आज पनि सन्दीप खेल्दै : के छ रेकर्ड ब्रेक गर्ने तयारी ? - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

आज पनि सन्दीप खेल्दै : के छ रेकर्ड ब्रेक गर्ने तयारी ?



काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा स्पिन बलरले हासिल गरेको सफलतामा अगाडि देखिएका नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले बिहीबार तेस्रो खेल खेल्दैछन् ।

सन्दीपको टिम दिल्ली क्यापिटल्सले बिहीबार राति ८ः१५ बजे घरेलु मैदान दिल्लीमा सनराइजर्स हैदराबादसंग खेल्दैछ ।

दिल्लीले ४ खेलबाट २ जितसहित ४ अंक बटुलेको छ र पाँचौं स्थानमा छ । हैदराबाद ३ खेलबाट २ जितसहित ४ अंक बटुलेर तेस्रो स्थानमा छ । यो खेलमा दिल्लीले फराकिलो जित पाए ६ अंकसहित शीर्ष स्थानमा पुग्नेछ ।

४ खेलबाट ६ अंकसहित किंगस ११ पञ्जाब पहिलो तथा समान अंकबाट चेन्नई सुपर किंगस दोस्रो स्थानमा छ ।

बिहीबार रातिको यो खेल सन्दीप लामिछानेका लागि पनि महत्वपूर्ण छ । उनले जारी १२ औं संस्करणमा तेस्रो खेल खेल्दैछन् ।

अघिल्लो वर्ष अन्तिम तीन खेल खेलेका सन्दीपले यसपटक भने सुरुका दुई खेलपछि नै खेल्ने अवसर पाए ।

आफूलाई सशक्त खेलबाट अगाडि बढाएका सन्दीप टी–२० मा विभिन्न कीर्तिमान रच्दै गइरहेका छन् । विश्व बरियताको पाँचौं स्थानमा रहेका राशीदसँग सन्दिपको प्रतिस्पर्धा

जारी आइपिएलमा अन्य स्पिनरहरु नचलिरहँदा सन्दीपलाई कीर्तिमान तोड्ने अवसर बन्दै गइरहेको छ । सन्दीपले दुई खेलबाट तीन विकेट लिइसकेका छन् ।