आज सन्दीपको खेल : यसकारण खेल्दैछन सन्दीप - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

आज सन्दीपको खेल : यसकारण खेल्दैछन सन्दीप



काठमाडौँ -इन्डियन प्रिमियर लिग आइपिएलमा आज सन्दीप लामिछानेको टिम दिल्लीले मुम्बई इन्डियन्ससँग खेल्दैछ । घरेलु मैदानमा हुने खेलमा सन्दीप लामिछाने टिममा पर्छन् की पर्दैनन् त्यो कौतुहलताको विषय छ ।

सन्दीपका विश्वभरका फ्यानको लागि आजको खेलमा सन्दीप पार्लान् कि नपर्लान भन्ने चासो बढेको छ । राती सवा ८ बजेबाट सुरु हुने खेलका लागि नेपाली युवा स्पिनर तथा आइपिएलको इमर्जिङ खेलाडीको मनोनयनमा परेका सन्दीप आजको खेलमा  पुनरागमन हुने जानकारले बताएका छन् ।

सुरुवाती चार खेलमा ५ विकेट लिएका सन्दीप त्यसपछि भने लगातार बेन्चमा बस्दै आएका छन् । पछिल्ला चार खेल खेल्न नपाएका सन्दीपका लागि पनि टिममा कमब्याक गर्नु निकै महत्त्वपूर्ण हुनेछ ।

के भन्छन् जानकार ?

दिल्ली यो सिजन राम्रो लयमा देखिएको छ । उसले आठ खेलमा ५ जितका साथ १० अङ्क बनाउँदै लिगको दोस्रो स्थानमा छ । उसले मुम्बईसँग यसअघि खेल्दा जित निकालेको थियो । आज दिल्ली सोही जितको यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

सन्दीप दिल्ली क्यापिटलले निकै रुचाएका खेलाडी हुन्, उनले यो सिजनमा खेलेका खेलबाट दिल्ली सन्तुष्ट छ । एकाध खेलमा अल्लि धेरै रन खाएपनि प्रत्येक खेलमा विकेटबिना भने फरकका छैनन् । पछिल्लो समय बिग बासमा उनको खेलले सन्दीपले झन् धेरै प्रशंसक कमाएका छन्, आइपिएलको यो शृङ्खला सुरु भएपछि पनि उनको उक्त खेलको निकै प्रशंसा भएको थियो ।

यस बाहेक आइपिएलले इमार्जिंग प्लेयरमा सन्दीपलाई मनोनयन गरेपछि उनको छुट्टै कर्ज बनेको छ । त्यसमाथि पनि सबै भन्दा बढी भोट सन्दीपलाई परेकोले उनी थप लोकप्रिय बनेका छन् ।

यो सिजनमा खेलेका ४ खेलमा उनले प्रदर्शन गरेको खेल उत्कृष्ट नै मानिएको छ, त्यसमाथि उनी सबैभन्दा बढी विकेट लिने स्पिनर बनेकाले पनि उनलाई दिल्लीले नछोड्ने पक्षमा छ ।

आज दिल्ली वा मुम्बई जुनपनि टिम विजयी भएमा शीर्ष स्थानको चेन्नेइसँगको दुरी दुई अङ्कमा झार्नेछन् ।