सन्दीपको ४ ओभर: ८ रन र २ विकेट, तरपनि जोगिएन टीम - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

सन्दीपको ४ ओभर: ८ रन र २ विकेट, तरपनि जोगिएन टीम



काठमाण्डौ – क्यारेबियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछानेले निकै उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । उनको उत्कृष्ट खेलले भने टीमलाई हारबाट जोगाउन सकेन ।

उनी आबद्ध जमैका तालवाज गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको छ । गुयानाले १९ ओभर एक बलमा अलआउट हुँदै जम्मा एक सय १८ रन बनायो ।

सन्दीपको टिमले एक सय १९ रनको लक्ष्य पनि पूरा गर्न सकेन । उसले २० ओभरमा सात विकेट गुमाएर एक सय चार रन मात्रै बनाउन सक्यो । जमैकाका आन्द्रे रसेलले ५२ रन बनाए पनि अरुले राम्रो रन जोडन सकेनन् ।

गएरातिको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा मात्र ८ रन दिएर दुई विकेट हात पारे । जारी सीपीएलमा सन्दीपको यो चौथो विकेट हो ।

तीन खेलमा दुई हार बेहोरेको सन्दीपका टिम पुछारबाट दोस्रो स्थानमा छ । तीन खेलमा दुई खेल जितेको वारियर्स शीर्ष स्थानमा छ ।