यसकारण सन्दीपले आज कमाल गर्नेछन ! - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

यसकारण सन्दीपले आज कमाल गर्नेछन !



आइपिएल क्रिकेटमा शनिवार दुई खेल हुँदैछन्। नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुने खेलमा किंग्स इलाभेन पञ्जाव र मुम्बई इण्डियन्स भिड्नेछ।

यसअघि खेलेका दुई खेलमा दुवै टिमले एक एक खेल जितेर समान २ अङ्क जोडेका छन्। बेलुकी सवा ८ बजे हुने अर्को खेलमा नेपाली बलर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेल जितेर दोस्रो खेल हारेको दिल्लीले आज सन्दीपलाई टिममा राख्न सक्ने अनुमान गरिएको छ।

क्रिकइन्फोले राखेको दिल्लीको सम्भावित प्लेइङ सेटमा बलिङ अलराउण्डर अक्षर पटेलको ठाउँमा सन्दीपले खेल्नसक्ने उल्लेख छ। सन्दीप यसअघिका दुवै खेलमा बेञ्चमा थिए। यसअघि गएराति भएको खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलार्य पाँच विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ। घरेलु मैदानमा राजस्थानले दिएको एक सय ९९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा पाँच विकेट गुमाएर भेट्टाएको हो।

के भन्छन् जानकार ?

दिल्लीको खेल पहिले भन्दा सुधारिए पनि उल्लेख्य सुधार भने भएको छैन । अघिल्लो वर्षको खेलमा पनि सन्दीपकै कारण इज्जत राख्न सफल तत्कालीन दिल्ली डेयरडेभिल्स सन्दीप खेल्नुभन्दा पहिला अति नै फितलो र कच्चा रहेको देखिन्थ्यो ।

यो वर्ष पनि केही खेल जिते पनि कमाल भने देखाउन सकेको छैन । टिममा धेरै सुधार गर्नुपर्ने भए पनि खेलाडीको कम्बिनेसन मिलाउने हो भने जित निकाल्न गाह्रो भने छैन । बलिङमा जुन चार्मिंग आउनु पर्ने छ त्यो आएको छैन । यस्तो हुनुमा खेलाडीको छनौट मिलाउन सक्ने हो भने यो अत्यन्त सुन्दर बन्न सक्छ, किनकि एक आपसको केमेस्ट्रीले नै खेल राम्रो हुने हो ।

त्यसैले सन्दीप लगायत केही खेलाडी छनौट गरेर अब दिल्लीले नयाँ रणनीति बनाउने प्रक्रियामा छ । यो प्रक्रियाले उसको राम्रो हुनसक्छ भन्ने दिल्लीका क्याप्टेन र केही खेलाडीहरूलाई राम्रोसँग थाहा छ । त्यति मात्र होइन अहिलेको खेलमा कम्तीमा पनि फाइनलसम्म नभए सेमी फाइनलसम्म पुग्नुपर्ने चुनौती छ । यति गर्न नसके उसले समर्थक गुमाउने मात्र होइन क्लबका लगानीकर्ता पनि गुमाउने पक्का छ ।

यसकारण आइपिएलमा सन्दीपले आज कमाल गर्नेछन !