टी-१० मा सन्दीपको झुर प्रदर्शन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

टी-१० मा सन्दीपको झुर प्रदर्शन



काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएई) जारी क्रिकेटको सबैभन्दा छोटो स्वरूपको प्रतियोगिता टी–१० क्रिकेट लिग अन्तर्गत बिहीबार आफ्नौ पाँचौ खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले बिर्सनलायक प्रदर्शन गरेका छन् ।

पहिलो पटक आयोजना भएको टी–१० क्रिकेट लिग खेल्ने अवसर पाएका सन्दीपले हालसम्मकै खराब प्रदर्शन गरेका छन् । बुधबार सन्दीप आवद्ध टोली केरला किंग्सले क्वालिफायर राउण्डमा नर्दर्न बारियर्ससँग प्रतिस्पर्धा गरेको थियो ।

यस खेलमा सन्दीपले २ ओभरमा कुनै विकेट नलिइ ४७ रन दिएका दिए । चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले ३ छक्कासहित २२ रन दिए । त्यसपछि सातौ ओरभमा दोस्रो ओभर लिएर आएका सन्दीपले चार छक्कासहित २५ रन दिए। सन्दीपले खेलेका सबै विदेशी लिगका प्रतियोगितामा मध्ये यो नै उनको महंगो बलिङ बन्न पुग्यो ।

यस प्रतियोगितामा केरलाले ८ विकेटको हार व्यहोर्‍यो । नर्दर्न बारियर्सले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको केरला किंग्सले १० ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको थियो । १०२ रनको लक्ष्य नर्देर्न बारियर्सले ७.२ ओरभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

नर्दर्नका ब्याट्म्यानले सुरुदेखि नै निकै आक्रमक ब्याटिङ गरेका थिए । सन्दीपको दुर्इ महंगो ओभर टोलीको फराकिलो अन्तरको हारको मुख्य कारण बन्न पुग्यो ।

यस अघिका ३ खेलमा सन्दीपले क्रमशः ३, १ र २ गरी ६ विकेट लिएका सन्दीपले चौथो र पाँचौ खेलमा खराब प्रदर्शन गरे ।