सन्दीपले चार ओभरमै खेलको जादु देखाए - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

सन्दीपले चार ओभरमै खेलको जादु देखाए



एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २१ औं खेलमा ट्रीनबेगो नाइट राइर्डसले नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजलाई १ सय ८५ रनको विशाल लक्ष्य दिएको छ ।

ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राइडर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । नाइट राइडर्सलाई बलियो योगफमा पुर्याउन कोलिन मुनरोले ५४ बलमा १० चौका र १ छक्का सहित ६५ रनको योगदान दिए । कप्तान काइरन पोलार्ड १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३३ रनमा अविजित रहे ।

चौथो विकेटका लागि मुनरो र पोलार्डले ७३ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफमा पुर्याए । राइडर्सलाई ओपनर सुनिल नारायणले ११ बलमा ५ चौका र १ छक्का सहित २९ रन जोड्दै आक्रामक सुरुवात दिलाए । कार्लोस ब्रेथवेटले तेस्रो ओभरको चौथो बलमा विकेटकिपर ग्लेन फिलिप्सबाट नारायणलाई क्याच आउट गराएका थिए ।

दशौं ओभरको तेस्रो बलमा सन्दीपले अर्का ओपनर लेन्डल सिमन्सलाई २५ रनमा मुजिब उर रहमानबाट क्याच आउट गराए । सिमन्सले २८ बलमा २ छक्का प्रहार गरे । सन्दीपले मुनरो र सिमन्सले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि मुनरोले टिम सिफर्टसँग मिलेर ३३ रन जोडे । सिफर्टलाई फिडेल एडवार्ड्सले १५ औं ओभरको दोस्रो बलमा सन्दीपको हातबाट १८ रनमा समताए । सिफर्टले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

सन्दीपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । मुजिबले ४ ओभरमा २६ रन खर्चदा विकेट लिन सकेनन् । फिडेल एडवार्ड्सले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए । कार्लोस ब्रेथवेटले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए ।

यस्तो रह्यो सन्दीपको चार ओभर

जमैकाले सन्दीपलाई आठौं औं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले सुरुवाती दुई बल वेस्टइन्डिजका ओपनर लेन्डल सिमन्सलाई डट राखे । तेस्रो बलमा एक रन दिए । चौथो बमा न्युजिल्यान्डका ओपनर कोलिन मुनरोलाई डट राखे । पाँचौ र छैटौं गुगली बल गर्दै एक एक रन दिए ।

सन्दीपले १० औं ओभरको पहिलो बलमा मुनरोलाई दुई रन खर्चिए । दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा सन्दीपले सिमन्सलाई मुजिब उर रहमानबाट २५ रनमा क्याच आउट गराए । चौथो बलमा सन्दीपले न्युजिल्यान्डका टिम सिफर्टलाई एक रन दिए । पाँचौ बल मुनरोलाई डट राख्दा अन्तिम बलमा इन साइड एज लागेर चौका गएको थियो ।

सन्दीपले १२ औं ओभरको पहिलो, दोस्रो, तेस्रो र चौथो बल लगातार डट राखे । पाँचौ र छैटौं बलमा भने एक एक रन दिए ।

१४ औं ओभरको पहिलो बलमा सिफर्टले सन्दीपको बलमा दुइ रन बटुले । दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बल डट राख्दा चौथो बलमा एक रन दिए । पाँचौ र छैटौं बल डट राखे ।