जब अस्ट्रेलियाका 'फ्यान' सन्दीपको अटोग्राफ लिन मैदानमै छिरे... - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

जब अस्ट्रेलियाका ‘फ्यान’ सन्दीपको अटोग्राफ लिन मैदानमै छिरे…



काठमाडौं- नेपाली स्टार क्रिकेटर तथा युवा लेग स्पिनर सन्दिप लामिछाने अस्ट्रेलियामा बिग बास खेलिरहेका छन् ।

नेपालमा मात्र नभएर उनका फ्यान विश्वभर बढेका छन । त्यसको एउटा उदाहरण हालै भएको एउटा घटनालाई लिन सकिन्छ । जब उनि खेल खेलिरहेका थिए त्यतिनै बेला अस्ट्रेलियाकै एक बालक फ्यान मैदानमा छिरे ।

उनको टिम मेलबर्न स्टार्सले होबार्ट हरिकेन्ससँग खेल खेलिरहेकै बेला उक्त बालक मैदानमा छिरेका थिए ।

अस्ट्रेलियाका ति बालक फ्यान खेलको दोस्रो इनिङमा बलिङ तथा फिल्डि गर्न मैदान छिरेका सन्दिपसँग अटोग्राफ लिन मैदानभित्रै छिरेका हुन् ।

सन्दिपले ती बालकलाई उनले लगाएको क्यापमा अटोग्राफ दिए र बालक मैदान बहित्र फर्के । उनले अटोग्राफ दिइरहेकै बेला दर्शक दिर्घाबाट उनको लागि चर्को स्वरमा समर्थकहरू चिच्चाएका थिए ।

आजको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको छ । मेलबर्नका लागि ओपनर मार्कुस स्टोइनिसले नटआउट ८१ रन बनाए ।

५४ बलको सामना गरेका उनले ७ चौका र ४ छक्का हाने । अर्का ओपनर निक म्याडिन्सनले ४० रन बनाए । बेन डंकले १९ र हिल्टन कार्टराइटले नटआउट १३ रन बनाए ।

होबार्टको लागि रिले मेरेडिथले ३ विकेट र काइस अहमदले १ विकेट लिए । १६४ रनको लक्ष्य पाएको होबार्टले ब्याटिङ थालेको छ ।