७० हजार डलर लिंदै सन्दीप बार्बाडसमा अनुबन्धित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

७० हजार डलर लिंदै सन्दीप बार्बाडसमा अनुबन्धित



एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धन भएका छन् । उनलाई बार्बाडस ट्राइडेन्टसले अनुबन्ध गरेको हो ।

लन्डनमा जारी सीपीएलको ड्राफ्टमा उनलाई बार्बाडसले पाँचौ राउण्डमा अनुबन्ध गरेको हो । सन्दीपले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् ।

ड्राफ्टको सन्दीप बाहेक नेपाली तीव्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्रसिंह ऐरी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा परेका थिए ।