दोस्रो ओभरमा सन्दीपको धारिलो बलिङ - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

दोस्रो ओभरमा सन्दीपको धारिलो बलिङ



एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किङ्गस इलाभेन पन्जाबविरुद्ध नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशनलाई कायम राखेका छन् ।

दिल्ली क्यापिटल्सबाट दोस्रो खेल खेलिरहेका सन्दीपले आफ्नो दोस्रो ओभरमा उत्कृष्ट बलिङ गरे । दोस्रो ओभरमा सन्दीपले मात्र ४ रन खर्चिए । तर, विकेट लिन भने सकेनन् ।

यसअघि सन्दीपले पहिलो ओभरमा विकेट लिन सफल भएका थिए । सन्दीपले साम करणलाई २० रनमा एल्बिडब्ल्यु आउट गरे ।

सन्दीपले आफ्नो पहिलो ओभरमा १० रन खर्चिएर १ विकेट लिए ।

सन्दीपले पहिलो खेल कोलकत्ता नाइट राइडर्सविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिएका थिए ।