सन्दिपको कमाल : एकै ओभरमा दुई विकेट - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सन्दिपको कमाल : एकै ओभरमा दुई विकेट



नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा बिहिबार बिहान एकै ओभरमा दुई विकेट लिएका छन्।

टस जितेर पहिले बलिङ गरेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सका लागि सन्दिपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर २ विकेट लिए।

सीपीएलको आफ्नो तेस्रो खेलमा सन्दिपले लिगको शीर्ष स्थानमा रहेको जमैका टाल्लावासविरूद्ध चारै ओभर बलिङ गरेका हुन्।

खेलको पाँचौ ओभरमा बलिङ गर्ने आएका सन्दिपले पहिलो ओभरमा एक छक्कासहित १० रन खर्चिए।

यस्तै सातौ ओभरमा आफ्नो दोस्रो ओभर लिएर आएका सन्दिपले २ विकेट लिनुका साथै ८ रन खर्चिए।

उनले सातौ ओभरको दोस्रो बलमा के लुइस र एम म्याकार्थीलाई आउट बनाए।

१३औं ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गरेका सन्दिपले मात्र १ रन खर्चिए।

१५औं ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका लामिछानेले ३ रन खर्चिए।

पहिलो सात बलमा १६ रन खर्चिएका सन्दिपले बाँकी १७ बलमा ५ रन मात्र खर्चिएर २ विकेट लिएका हुन्।

यो सन्दिको सिपिएलमा पाँचौ विकेट हो।

यो सँगै पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनाएको छ। सन्दिपको टिमले केही बेरमा ब्याटिङ थाल्दैछ।