सन्दीप चम्किए : गेल सहित मुख्य ३ विकेट एकै खेलमा - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

सन्दीप चम्किए : गेल सहित मुख्य ३ विकेट एकै खेलमा



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पाँचौ खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

दिल्ली क्यापिटल्समा रहेका सन्दीपले पाँचौ खेल किङ्स इलाभेन पन्जाबविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा सन्दीपले पन्जाबविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै ३ विकेट लिन सफल भएका छन् । सन्दीपले ४० रन खर्चिएर ३ विकेट लिएका हुन् ।

सन्दीपले पन्जाबका आक्रामक ब्याट्सम्यान ग्रिस गेल, लोकेश राहुल र साम करणलाई आउट गरे ।

योसंगै सन्दीपले यस सिजन ५ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् । सन्दीप अघिल्लो ३ खेलमा भने दिल्लीको टिममा रहेका थिएनन् ।