क्यानडामा चम्किए सन्दिप, वेष्ट इन्डिजबिरुद्ध ३ विकेट लिए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

क्यानडामा चम्किए सन्दिप, वेष्ट इन्डिजबिरुद्ध ३ विकेट लिए



क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिग क्रिकेटमा नेपाली युवा स्पिनरले आफ्नो बलिङको जादुलाई कायमै राखेका छन । आज भएको वेष्टइन्डिज बी टिमविरुद्ध सन्दीप लामिछानेले तीन विकेट लिन सफल भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज बीविरुद्ध बलिङ गर्ने क्रममा सन्दीपले चार ओभरमा ३१ रन खर्चिदै तीन विकेट हात पारे ।

ग्लोबल क्रिकेट लिगको पुछारमा रहेको मोन्ट्रियलले दोस्रो चरण अन्तर्गत वेष्ट इन्डिज बीविरुद्ध खेलेको हो । सन्दीपले यो प्रतियोगितामा कुल विकेट सख्या ८ पुर्याएका छन । अघिल्लो खेलमा दुई विकेट हात पारेका सन्दीपको बलिङमा एक पटक क्याच मिस भएको थियो ।

वेष्ट इन्डिज बीले निर्धारित २० ओभरमा १६२ रन बनाएको थियो । १६३ रनको विजयी लक्ष्यसहित मोन्ट्रियल टाइगर्सले अहिले ब्याटिङ गरिरहेको छ ।