सन्दीपलाई दिल्लीले आजपनि पत्याएन - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

सन्दीपलाई दिल्लीले आजपनि पत्याएन



काठमाडौं- यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबारको दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने समेत आबद्ध दिल्ली टस हारेपछि ब्याटिङमा उत्रँदै छ । यद्यपि हालसम्म दिल्लीले खेलेका तीनवटै खेलमा मौका नपाएका सन्दीप चौथो खेलमा पनि बेन्चमा नै रहेका छन् ।

आजको खेलमा दिल्लीले दुई परिवर्तन गरेको छ, जसमा इशान्त शर्माको स्थानमा हर्षल पटेललाई मौका दिइएको छ भने चोटका कारण पहिलो खेल खेल्दा खेल्दै छाडेका रविचन्द्रन आश्विन पुनः टोलीमा फर्कँदा अक्षर पटेल बाहिर रहेका छन् ।

दिल्लीले खेलेका तीन खेलमध्ये दुईमा जीत हात पारेको छ भने एकमा पराजित भएको छ । त्यसैगरी कोलकाताले पनि तीनमध्ये दुईमा जीत निकाल्दा एकमा हार व्यहोरेको छ ।