पन्जाबविरुद्ध सन्दीपको अचम्मको खेल - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

पन्जाबविरुद्ध सन्दीपको अचम्मको खेल



एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले किफायती बलिङ गरेका छन् ।

दिल्ली क्यापिटल्समा रहेका सन्दीपले किङ्गस इलाभेन पन्जाबविरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै २ विकेट लिएका छन् । सन्दीपले दोस्रो खेलमा पुरै ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर २ विकेट लिए  ।

पन्जाबविरुद्ध सन्दीपले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिन सफल भए  । सन्दीपले पहिलो ओभरमा साम करणलाई २० रनमा एल्बिडब्ल्यु आउट गरे । सन्दीपले आफ्नो पहिलो ओभरमा १० रन खर्चिएर १ विकेट लिए ।

यस्तै सन्दीपले चौथो ओभरमा सर्फराज खानलाई ३९ रनमा आउट गरे । सन्दीपले चौथो ओभरमा ४ रन खर्चिएर १ विकेट लिन सफल भए  ।

सन्दीपले दोस्रो ओभरमा पनि उनले उत्कृष्ट बलिङ गरे । दोस्रो ओभरमा सन्दीपले मात्र ४ रन खर्चिए । तर, विकेट लिन भने सकेनन् ।

सन्दीप तेस्रो ओभरमा महंगा भए । उनले आफ्नो तेस्रो ओभरमा १० रन खर्चिए। सन्दीपको तेस्रो ओभरको अन्तिम बलमा डेभिड मिल्लरले छक्का प्रहार गरे ।

सन्दीपले जारी लिगको २ खेलमा ३ विकेट लिन सफल भएका छन् ।

यसअघि सन्दीपले कोलकत्ता नाइट राइडर्सविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिएका थिए ।