सन्दीप चढेको प्लेन आकाशमा दश राउन्ड घुमेपछि... - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सन्दीप चढेको प्लेन आकाशमा दश राउन्ड घुमेपछि…



काठमाडौं: आइपीएल खेलेर नेपाल फर्केका क्रिकेटर सन्दीप लामिछाने रहेको विमानले आज आकाशमा दश फन्को मारेको छ। मौसम खराबीका कारण दर्जनौ जहाज काठमाण्डौको आकाशमाथि आधा घण्टा भन्दा बढी होल्ड भएका थिए ।

सोहि क्रममा सन्दीप चढेको प्लेन पनि आकाशमा फन्को मारिरह्यो । पत्रकारहरुसंग कुरा गर्दै सन्दीपले विमानले काठमाडौंको आकाशमा लगातार फन्को मार्दा आफ्नो सातो गएको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछानेले भने, ‘दश राउन्ड प्लेन आकाशमा घुम्दा मेरो त सातो गयो। यस्तो कसैलाई नहोस।’

आइपीएल २०१९ मा ६ खेल खेल्दै ८ विकेट लिएका नेपाली युवा स्टार लामिछानी आइतबार एअर इन्डियाको फ्लाइटमार्फत २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका थियो। खराब मौसमका कारण विमान करिब २ घन्टा आकाशमा फन्को मार्दै उडेको थियो।

गत वर्ष तीन खेल खेलेका सन्दीपले यसपटक ६ खेल खेल्न पाउनुलाई राम्रो मौका भएको बताए।