सन्दीप आज पनि परे टिममा : हैदरावाद बिरुद्ध गर्लान कमाल ? - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सन्दीप आज पनि परे टिममा : हैदरावाद बिरुद्ध गर्लान कमाल ?



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुदैछ ।

दिल्ली क्यापिटल्सले नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई पाँचौ खेलमा समेत मौका दिएको छ ।

सन्दीपले पछिल्ला २ खेलमा उत्कृष्ट बलिङ गरेका थिए ।

दिल्लीले सुरुवाती दुई खेलमा भने सन्दीपलाई खेलाएको थिएन । तर, सन्दीपले पछिल्लो २ खेलमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पारेका छन् ।

फिरोज कोट्ला स्टेडियममा सनराइजर्सले टस जितेर फिल्डिङ रोजेको छ । सनराइजर्सले टिममा फेर बदल गरेकाे छैन ।

दुवै टोली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दिल्लीले ४ खेलमा २ जित निकालेको छ । हैदारावादले २ जित निकालेको छ ।

पाँचौ स्थानको दिल्लीको ४ अंक छ । तेस्रो स्थानको हैदरावादको पनि ४ अंक रहेको छ ।