रोनाल्डो खेल्ने विज्ञापनमा सन्दीप लामिछाने - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

रोनाल्डो खेल्ने विज्ञापनमा सन्दीप लामिछाने



काठमाडौँ  : नेपाली क्रिकेटर सन्दीप लामिछाने अमेरिकन ब्याग तथा लगेज ब्रान्ड अमेरिका टुरिस्टरको प्रचारका लागि फिचर्ड भएका छन्। उनी फिचर्ड दुई पोस्टरहरु यसै साता सार्वजनिक भएका छन्।

पोस्टरहरुमा ह्यास ट्यागसहित लेखिएको छ- नेपाल स्पिनर्स।

एक तस्विरमा सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमको जर्सीमा देख्न सकिन्छ भने अर्कोमा लगेजसहित पोज दिएका छन्।

अमेरिकाको लगेज ब्रान्ड अमेरिकन टुरिस्टरले विभिन्न क्याम्पेनका लागि सेलिब्रेटीहरुलाई फिचर गर्ने गरेको छ। यसअघिको ‘हार्ड टु लेट गो’मा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र क्रिकेट स्टार बिराट कोहली फिचर्ड थिए।

नयाँ प्रोडक्ट क्याम्पेनिङका लागि सन्दिप चुनिएका हुन्। उनको फोटो सुट गत फेब्रुअरी दुईका दिन दुबईमा भएको थियो। त्यससमय उनी युएईसँगको टि २० र वान डे सिरिजका लागि युएईमै थिए।

संयोग बस् दुबईमा इन्डियन कम्पनीले गरेको फोटो सुटमा नेपाली फोटोग्राफर र लाइट्सम्यानसँगै उनको टिमअप भयो। मास्टकपी फिल्‍म प्रोडक्सनका लागि दुबईमै रहँदै आएका सन्नी प्रधानले खिचेको फोटोहरु पोस्टरमा देख्न सकिन्छ।