सन्दीपलाई आजको खेलमा ३ ओभर मात्र किन ? - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

सन्दीपलाई आजको खेलमा ३ ओभर मात्र किन ?



काठमाडौं -सन्दीपलाई दिल्लीले तेस्रो ओभरमा बलिङ गर्न ल्याएको थियो । पहिलो र दोस्रो बलमा पार्थिव पटेलले चौका प्रहार गरे । तेस्रो बलमा एक रन लिदै पार्थिवले स्ट्राइक विराट कोहलीलाई दिए । कोहलीले चौथो बलमा एक रन लिए । पाँचौ बलमा सन्दीपलाई पटेलले पुन चौका प्रहार गरे । अन्तिम बलमा १ रन लिदै स्ट्राइक आफ्नो साथमा राखे ।

दिल्लीले सन्दीपलाई ११ औं ओभरमा पुन मौका दिएको थियो । पहिलो बलमा एवी डी भिलियर्स र दोस्रो बलमा शिभव दुबेले एक – एक रन लिए । तेस्रो बलमा डिभिलियर्सले पुन एक रन लिए । चौथो बलमा दुबेले १ रन लिए । पाँचौ बलमा ए बी डिभिलियर्सले १ रन लिदा अन्तिम बलमा दुबेले छक्का प्रहार गरे ।

१६ औं ओभरको पहिलो बलमा सन्दीपले मार्कस स्टोइनिसलाई डट गराए । दोस्रो बलमा स्टोइनिसले कडा छक्का प्रहार गरे । अन्य चार बलमा भने सन्दीपले ४ रन मात्र दिए । चारै रन सिंगल थियो ।

यो जितसँगै दिल्लीले १२ खेलमा ८ मा जित र ४ मा हारका साथ शीर्ष स्थानमा उक्लिएको छ । बेंगलोर भने १२ खेलमा ८ मा हार र ४ मा जितका साथ पुछारमा रहेको छ । चेन्नई सुपर किंग्सले १२ खेलमा ८ मा जित र ४ मा हारका साथ प्ले अफमा पुगि सकेको छ ।